बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले बैंकिङ कसूरमा फरार रहेका प्रतिवादी पक्राउ गरेकाे छ ।

सिआईबी टोलीले काठमाडौं महानगरपालिका-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो ।

दिपा थपलियाले जाहेरीले उनलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ।

उच्च अदालत पाटनले उनलाई जेठ ३० गते १५ दिन कैद र ३४ लाख जरिवाना हुने ठहर गरेको थियो । सजाय बेरूजू गरी फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो।

फैसला कार्यान्वयनको लागि सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

Facebook Comments