नेपालमा काेराेना संक्रमितको संख्या ६९ हजार नाघ्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.