पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रूपैयाँ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएका हुन् ।

स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि दुई हजार रूपैयाँ परीक्षण शुल्क तोकेको थियो ।

यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४०० रूपैयाँ तोकेको थियो । त्यो भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो । नेपालमा अहिले सरकारी ४७ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.