कुलमानका पक्षमा उभिँदै कलाकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङकाे पुन नियुक्तिकाे पक्षमा कलाकारहरु देखिएका छन् । प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा हरिवंश आचार्य, करिष्मा मानन्धर, दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, प्रदिप भट्टराइलगायतका कलाकारहरू देखिएका छन् ।

उनीहरूले कुलमानलाई पुन नियुक्त गर्न माग गरेका छन् । दैनिक १८ घण्टासम्म लोडसेङि भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रासले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् ।

प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले अपिल गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, “आदरणीय साथीहरु कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।”

निर्देशक प्रदिप भट्टराइले पनि दीपकले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन् । उनी सामाजिक सञ्जालमा फेसबुकमा लेख्छन्, “नराम्रा पटक पटक, राम्रा किन एक पटक ?”

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.