चिनियाँ नागरिकसहित पाँच विदेशीलाई अध्यागमनको जिम्मा लगाइयो

काठमाडौँ । शनिबारको सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँचजना विदेशी नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ। अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई प्रहरीले जिम्मा लगाएका पाँचैजना विदेशीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताए।

‘प्रहरीले उनिहरुलाई हिजै हाम्रो जिम्मा लगाएको हो। अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ’, महानिर्देशक केसीले भने। उनीहरु कुन भिसामा आएका हुन्, भिसाको अवस्था के हो लगायत विषयमा अनुसन्धान गरेर आवश्यक कारबाही हुने अध्यागमन विभागले जनाएको छ। त्यसपछि पाँचैजनालाई ‘डिपोर्ट’ गरिने छ।

प्रहरीले माइतिघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ, अमेरिकी, क्यानडियन, नर्वेजियनलगायत पाँचजना विदेशीलाई पक्राउ गरेको थियो। उनीहरु नेपाली युवाले निकालेको सरकारविरोधी प्रदर्शनमा प्लेकार्डसहित उपस्थित थिए। विदेशी नागरिकलाई यस्ता गतिविधिमा संलग्न हुन प्रतिबन्ध हुन्छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.