नवलपुर हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नवलपुर (बर्दघाट सुस्ता पूर्व) का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।

Facebook Comments