रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्नुभएको छ।

प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग भएको टेलिफोन संवादमा नेपालमा भएको निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि बधाई दिनुभयो भने दुवै नेतालाई निर्वाचनमा जितप्रति शुभकामना व्यक्त गर्दै अब बन्ने नयाँ सरकारका लागि पनि सफल कार्यकालको शुभकामना व्यक्त गरेको सामाजिक सञ्जालमार्फत मोदीले जानकारी दिनुभएको छ ।

भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि भारतीय प्रधानमन्त्री मोदीको भनाइ छ ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै साझा प्रयासबाट द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताउनुभएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.