अमेरिकाबाट चुपचाप पैसा फिर्ता ल्याउँदै चीन, कहाँ गरिरहेको छ लगानी ?

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई ठूला अर्थतन्त्र हुन्। उनीहरुबीच धेरै वर्षदेखि व्यापार युद्ध चलिरहेको छ।

यसैबीच चीनले अमेरिकी सम्पत्ति बजारबाट आफ्नो लगानी चुपचाप घटाइरहेको छ। अमेरिकी ट्रेजरी, स्टक, एजेन्सी, कर्पोरेट र अन्य बन्डमा चीनको लगानी अहिले १.५६ ट्रिलियन डलरमा झरेको छ। जुन लगभग १४ वर्षमा सबैभन्दा कम हो। यसमा अमेरिकी ट्रेजरीमा बेल्जियमको होल्डिङ समावेश छ। जुन चीनको कस्टोडियल अकाउन्टहरुको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ।

बेल्जियम ट्रेजरीबाहेक अमेरिकी सम्पत्ति बजारमा चीनको होल्डिङ १.१६ ट्रिलियन डलर छ। जुन सन् २००८ पछिको सबैभन्दा कम हो। गत नोभेम्बरमा अमेरिकी ट्रेजरीमा चीनको होल्डिङ ६.१ अर्ब डलरले घटेर ६८२.६ अर्ब डलरमा झरेको छ। जुन अक्टोबर २००८ पछिको सबैभन्दा कम हो।

चीनले आफ्ना बैंकहरुलाई अमेरिकी ट्रेजरीमा रहेको आफ्नो होल्डिङ बेच्न पनि भनेको छ। रुस–युक्रेन युद्धपछि चीनले अमेरिकामा आफ्नो लगानी घटाइरहेको छ।

सञ्चारमाध्यमका अनुसार चीनले गोप्य रुपमा आफ्नो सुन भण्डार बढाइरहेको छ। गत वर्ष आधिकारिक रुपमा २७ टन सुन खरिद गरे पनि विज्ञहरु यो खरिद लगभग २७० टन भएको विश्वास गर्छन्। चीनले सुन यसरी जम्मा गरिरहेको छ कि मानौँ कुनै ठूलो विपत्ति नजिकिँदैछ।

आधिकारिक रुपमा चीनसँग २ हजार ३०४ टन सुनको भण्डार छ। यद्यपि, विज्ञहरु विश्वास गर्छन् कि चीनसँग धेरै कुरा छ। विज्ञहरु भन्छन्, ‘यदि चीन आगामी केही दशकहरुमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न चाहन्छ भने उसले ८ हजार टनभन्दा बढी सुन राख्नुपर्छ।’

हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकासँग सबैभन्दा धेरै ८ हजार १३३ टन सुन छ। जुन यसको कुल भण्डारको ७८ प्रतिशत हो। अमेरिकाको सुनको भण्डार विगत २५ वर्षदेखि अपरिवर्तित छ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीसँग ३ हजार ३५० टन, इटालीसँग २ हजार ४५२ टन फ्रान्ससँग २ हजार ४३७ टन र रुससँग २ हजार ३३० टन सुन छ। –एजेन्सी

Facebook Comments