भारतद्वारा निर्वाचनसम्बन्धी सहयोगको तेस्रो खेप हस्तान्तरण

काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको सहयोगअन्तर्गत तेस्रो खेप औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त सहयोग गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन्।

तेस्रो खेपअन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकसहित २७० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्रीहरू समावेश छन्। यी सामग्रीहरू आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले अनुरोध गरेअनुसार प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

नेपाली सेनाका लागि उपलब्ध गराइएका ट्रकहरू प्रधानसेनापति अशोकराज सिग्देललाई राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा गृहमन्त्री अर्यालले समयमै र महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा भारतीय पक्षप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्ध आपसी विश्वास, मित्रता, साझा लोकतान्त्रिक मूल्य–मान्यता तथा पारस्परिक हितमा आधारित रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यको प्रशंसा गरे।

यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगका पहिलो दुई खेप माघ ६ र माघ १५ गते हस्तान्तरण गरिसकेको छ, जसमा ३१० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्रीहरू समावेश छन्। आगामी दिनहरूमा थप सहयोग विभिन्न चरणमा उपलब्ध गराउने भारत सरकारले आश्वासन दिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.