कर्जा विस्तार लक्ष्य १२ प्रतिशत प्रक्षेपण

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।

त्यस्तै, बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाएको बताएका छन् । उनले आवश्यकता अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेका छन्।

नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने मौद्रिक नीतिले घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टीकृत सेवा दिन प्रोत्साहित गरिने छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.