रसुवा बाढीमा असईसहित तीन प्रहरी बेपत्ता [नामसहित]

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा विनाश निम्त्याउँदा १८ जना बेपत्ता भएका छन् ।

बेपत्तामध्ये उद्धारका लागि खटिएका नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीसमेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धार कार्यमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बाढीमा परेर सम्पर्कविहीन भएका हुन्।

बाढीले रसुवागढी नाका क्षेत्रका पक्की पुल, भन्सार यार्ड, कन्टेनर, सवारीसाधन र सुख्खा बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको छ।

Facebook Comments