काठमाडाैं । भरतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणको लागि नेपाल आइपुगेका छन् । ५ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका हुन् । उनी नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
उनलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने छ । नेपाली सेना र भारती सेना बीच एक मुलुकका सेनाप्रमुख अर्को मुलुकका सेनाको मानार्थ महारथी बन्ने चलन रहेको छ । त्यहि चलनअनुसार द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।
नेपाली सेनाका अनुसार मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने जनाएको छ ।
भ्रमणका क्रममा स्थल सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानबीर राई लगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, नेपालका प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । उक्त अवशरमा द्विपक्षीय हित र सहकार्यको विषयमा कुराकानी हुने नेपाली सेनाले जनाएको छ ।
To honour the singular tradition of conferment of honorary General rank of Nepali Army, COAS, IA Gen Upendra Dwivedi, PVSM, AVSM arrived at Kathmandu for a five-day visit.
The Gen was warmly received by Maj Gen Madhukar Singh Karki on behalf of Gen Ashok Raj Sigdel, COAS, NA… pic.twitter.com/WqqFRRPmGP
— IndiaInNepal (@IndiaInNepal) November 20, 2024




Facebook Comments