सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले मधुवन नगरपालिका–७ का १४ वर्षीय आयुश कर्णको सोमबार मृत्यु भएको जानकारी दिए।
उनका अनुसार घर पछाडि सिँचाई गर्नको लागि बोरिङमा मोटर जडान गरि नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कर्णको उपचारको क्रममा मृत्यु भएको हाे ।
‘करेन्ट लागेर घाइते भएका बालकलाई उपचारको लागि बर्दिया जिल्ला अस्पताल पुर्याईएको थियो,’ डिएसपी अर्यालले भने,‘अस्पतालमा उपचारको क्रममा पौने ५ बजे बालकको मृत्यु भएको हो।’