बाँझोपन हटाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई पक्राउ

सन्दिप कुमार बैश्य
बर्दिया । बाँझोपन हटाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् ।

सर्वसाधरणसँग रकम असुलेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले ठाकुरद्वारा नगरपालिका–५ का अख्तर अली जागा र शर्मिला परियार पक्राउ परेकाे बताए।

उनका अनुसार बाँझोपन हटाइदिने भन्दै जडीबुटी बेच्दै हिँडेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हाे ।

उनले भने,’ बाँझोपन ठीक नभए रकम फिर्ता गरिदिने भन्दै स्थानीय महिलासँग करिब ७० हजार रुपैयाँ असुलेको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन्।’

उनीहरूविरूद्द ठगी मुद्दा दायर भएकाे डीएसपी अर्यालले जानकारी दिए। कोहलपुरलगायत काठमाडौंको आर्युवेद सप्लायर्सका नाममा बिल दिएको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन् ।