वीरगन्जमा चिनियाँ हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन

वीरगञ्ज । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाइफ लाइन सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गरेको भन्दै आइतबार वीरगन्जमा चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा चिनियाँ कम्पनीविरुद्ध विभिन्न नाराका साथ विरोध प्रदर्शन गरेका छन् ।

‘चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, नेपालमाथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनता कायम गर’ जस्ता नाराका साथ जुलुससहित नगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा गरिएको थियो । विरोध प्रदर्शनमा चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनील यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्दै आइरहेको बताए । उनले चिनियाँले अनावश्यक रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपालीमाथि जबरजस्ती ऋण थुपारेको आरोप लगाउँदै चिनियाँ रणनीतिक तथा विकासको नाममा भुमरीको जालोमा फस्टाउँदै आएको बताए ।

केही दिनअगाडि सिरहा डिभिजन वन कार्यालयले अवैध रूपमा उत्खनन् गर्दै आएका चिनियाँ कम्पनी (श्री चाइना रेल वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लि. काठमाडौंका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको उनले बताए । उनले भने, ‘अहिले मुद्दा विचाराधीन छ । मधेसमा चिनियाँ विस्तारवादीविरुद्ध हाम्रो सदैव अभियान जारी रहन्छ । मधेसलाई मरुभूमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाइ एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनीको विरोध गर्न आग्रह गर्दछु ।’

त्यस्तै अभियानका अभियन्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चीनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनीद्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन भएको आरोप लगाएका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.