चिनियाँ अराजकताविरुद्ध बालेनले लिए एकपछि अर्को एक्सन !

काठमाडौं । चिनियाँ पक्षको मनोमानीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक्सन थालेका छन् ।

चिनियाँहरु नेपालमा बसेर अपराधिक क्रियाकलापमा संलग्न रहेका घटना नौँलो होइन। ठमेल क्षेत्रमा रेस्टुरेन्ट चलाएर अपराधिक क्रियाकलापमा लाग्ने गरेका छन्।

तिनै चिनियाँले ठमेलमा नयाँ वर्षमा बेलुन राखे। तर, हटाएनन् ।

सहरको सौन्दर्यकरणमा समस्या भएको भन्दै मेयर शाहले नगर प्रहरी लगाएर बेलुन हटाउन लगाएका छन्। ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन महानगरको नगर प्रहरीले हटाएको हो। बेलुनभित्र राखेको बत्ती र डोरी पनि हटाइएको छ।

ठमेलमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर राखिएका बेलनु हटाइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

चिनियाँ पक्षले यसअघि अनुमति मागेर बेलुन राखेका थिए। नयाँ वर्ष सकिएपछि आफै हटाउनुपर्ने हो। तर, उनीहरुले हटाएनन्।

त्यति मात्र होइन चीनले चक्रपथ विस्तारको काम पनि अलपत्र छाडेको छ।

चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ ।

३ वर्ष ४ महिना भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १२ वर्ष बितिसक्दा थालनी हुनेसम्मको पनि सङ्केत देखिँदैन ।

मेयर साहले फेसबुकमा लेख्दै भनेका छन्, ‘यो अवस्था भोगेका हामी नेपालीले, चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु? संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ, नेपालका दूर दराजको विकास पद्धतिले फड्को मार्छ, भनेर कसरी विश्वाश गर्नु?’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.