क्यानडाविरुद्ध नेपालले गुमायो ३५ ओभरमा पाँच विकेट

काठमाडौं । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३५ ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको छ ।

नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख २७ र सातौँ नम्बरका ब्याट्सम्यान पवन सर्राफ ७ रन बनाउँदै क्रिजमा छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।

यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनभन्दा बढी जोड्न सकेनन्।

कुशल मल्ल आउट हुँदा नेपालले २९.३ ओभरमा ५ विकेटको क्षतिमा १४१ रन जोडेको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.