चिनियाँ नागरिक चुवान बस्ने भाडाको घरमा छापा

काठमाडाैं । चिनियाँ नागरिकले काठमाडौँको लाजिम्पाटमा लिएको एक भाडाको घरमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित भाडाको घरमा विभागको टोलीले छापा मारेको हो।

चुवानको घरबाट राजश्व विभागको टोली केही बाकसहरु बरामद गरेको स्रोतले बताएको छ। बाकसमा भने सुन फेला नपरेको बताइएको छ। हाल उनको घर सिल गरिएको छ।

यसअघि राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको थियो। गोदामबाट केही कार्टुन ‘ब्रेक शु’ बरामद भएका थिए।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

सुन तस्करी प्रकरणमा अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धान र थप आरोपीको खोजतलास जारी रहेको विभागले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.