एजेन्सी । चीन पछिल्लाे समय विभिन्न देशविरुद्ध खतरनाक चाल चल्न गतिविधिहरु गरिरहेकाे छ । जसका कारण अमेरिका र चीनबीचको तनाव झन् बढ्दै गएको छ । अब एउटा नयाँ रिपोर्टले दुई देशबीचको सम्बन्धमा थप तिक्तता ल्याउने कुरा सार्वजनिक भएको छ ।
मंगलबार वाशिंगटन पोस्टको एक रिपोर्टले दाबी गरेको छ कि लीक भएको अमेरिकी सैन्य मूल्याङ्कनले चिनियाँ सेनाले छिट्टै उच्च उचाइमा रहेको जासुसी ड्रोनहरू तैनाथ गर्न सक्छ जुन ध्वनिको गति भन्दा तीन गुणा बढी तीव्र छ।
यो अंग्रेजी अखबारले आफ्नो रिपोर्टमा नेशनल जियोस्पाटियल-इन्टेलिजेन्स एजेन्सीको गोप्य दस्तावेजलाई पनि उद्धृत गरेको छ।
यद्यपि समाचार एजेन्सी रोयटर्सले यी गोप्य कागजातहरूको पुष्टि गर्न सकेन। अखबारका अनुसार, अगस्ट 9 मा, स्याटेलाइट छविमा सांघाईबाट करिब ३५० माईल (५६० किलोमिटर) पूर्वी चीनमा अवस्थित एयर बेसमा दुईवटा WZ-8 रकेट-प्रोपेल्ड जासूस ड्रोनहरू देखिएकाे थियाे ।
यद्यपि अमेरिकी रक्षा मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । जबकि चिनियाँ सरकार पनि यस विषयमा आफ्नो कुनै टिप्पणी गरेकाे छैन् ।
वाशिंगटन पोस्टले म्यासाचुसेट्स एयर नेशनल गार्डका एक सदस्यले डिस्कोर्ड मेसेजिङ एपमा कथित रूपमा पोस्ट गरेका धेरै वर्गीकृत फाइलहरूको फोटोहरूको आधारमा यो मूल्याङ्कन गरेको बताएको छ। यी व्यक्तिलाई गत हप्ता पक्राउ गरिएको थियो।
संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले गत हप्ता बिहीबार अमेरिकी एयर नेशनल गार्डका २१ वर्षीय सदस्य ज्याक डगलस टेक्सेरालाई गोप्य कागजातहरूको अनलाइन चुहावटको सम्बन्धमा पक्राउ गरेको थियो। यस महिनाको सुरुमा लीक भएको गाेप्य दस्तावेजकाे कारणले वाशिंगटन धेरै पिडामा छ ।
