सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएकाे छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुइ पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका बिषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएकाे थियाे ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.