ताइवानलाई लिएर अमेरिका-चीनबीच बढ्यो तनाव

एजेन्सी । एक शीर्ष अमेरिकी जनरलले ताइवान वरपर चीनको नाकाबन्दी तोड्न हामीले चिनियाँ जहाजहरूलाई समुद्रमा डुबाउनु पर्नेमा जाेड दिएका छन् ।

यो सुझाव अमेरिकी प्यासिफिक एयर फोर्सका कमाण्डर जनरल केनेथ विल्बाचले दिएका हुन् ।

विल्बाचले बुधबार अमेरिकाको कोलोराडोमा भएको एयर एण्ड स्पेस फोर्सेस एसोसिएसन वारफेयर कार्यक्रममा यो मिसन सशस्त्र ड्रोन र बी-२१ राइडर हतियारको सहयोगमा पूरा गर्न सकिने बताए।

मिडिया रिपोर्टका अनुसार गत वर्ष अगस्तमा पूर्व अमेरिकी स्पीकर न्यान्सी पेलोसी अमेरिकाको यो कदमबाट आक्रोशित भएर ताइवान भ्रमणमा गएपछि चीनले ताइवानलाई घेरा हालेको थियो ।

ताइवानको पूर्वी तटमा अझै पनि चिनियाँ जहाजहरू छन्, जसले ताइवान जाने बाटो लगभग अवरुद्ध गरेको छ।

पेलोसीको यो भ्रमणको चीनले विरोध गरेको थियो किनभने चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको थियो। त्यसको विरोधमा चीनले ताइवानको सिमानामा चारैतिर युद्धाभ्यास पनि गरेको थियो ।

अमेरिकी जनरलले भने,’चिनियाँ जहाजहरूमा सतहबाट चलाउने सकिने गरी मिसाइल पनि जडान छन् । जसले कुनै पनि युद्धविमानलाई निशाना बनाउन सक्छ।’

अमेरिकी जनरल विल्बाचले चीनको चुनौतीसँग जुध्न अमेरिकाले आफ्ना सहयोगीहरूसँग युद्धाभ्यास गर्नुपर्ने बताएका छन् ।

चीनले ताइवानमाथि लगातार दबाब बढाएको उनले बताए । उनले भने,’यस अन्तर्गत, उसले लगातार ताइवान सीमा नजिक युद्धाभ्यास गर्छ, जसले एक प्रकारले ताइवान जाने बाटो बन्द गर्छ। यस्तो युद्धाभ्यासको क्रममा चीनले ताइवानमाथि पनि आक्रमण गर्न सक्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.