एजेन्सी । अमेरिकी गुप्तचर ब्यूरोको वार्षिकी खतरा मूल्याङ्कन प्रतिवेदनअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पाकिस्तानी उत्तेजकतालाई सैन्य बलबाट जवाफ दिने सम्भावना पहिलेभन्दा बढी रहेको छ।
यसैबीच भारत र चीनले सीमाक्षेत्रको विवादित क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण दुई आणविक शक्ति राष्ट्रबीच सशस्त्र टकरावको जोखिम पनि बढिरहेको छ ।
अमेरिकन इन्टेलिजेन्स कम्युनिटीको वार्षिकी थ्रेट एसेसमेन्ट रिपोर्ट अनुसार भारत र पाकिस्तान तथा भारत र चीनबीच तनाव बढ्ने सम्भावना छ ।
साथै, यी देशहरू बीच द्वन्द्व र युद्धको सम्भावना छ। यो मूल्याङ्कन अमेरिकी गुप्तचर विभागको वार्षिकी खतरा मूल्याङ्कनमा गरिएको हो । यो सुनुवाईको क्रममा राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको थियो।
प्रतिवेदनमा भनिएको छ कि भारत र चीन द्विपक्षीय सीमा वार्तामा जाेड दिएका छन् । विवादित सिमानामा भारत र चीन दुबैद्वारा सेना विस्तारले दुई आणविक शक्तिहरू बीच सशस्त्र टकरावको जोखिम बढाइरहेकाे भनी प्रतिवेदनमा उल्लेख छ ।