अमेरिकी एजेन्सीको दाबी: देशको सुरक्षा र प्रभुत्वमा सबैभन्दा ठूलो खतरा चीनबाट

एजेन्सी । अमेरिका र चीनबीचको सम्बन्धमा बढ्दो तनावको बीचमा, एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीले चीनको कम्युनिष्ट पार्टी (सीसीपी) अमेरिकी राष्ट्रिय सुरक्षा र विश्वव्यापी मञ्चमा यसको नेतृत्वको लागि “महत्वपूर्ण खतरा” बनिरहेको दाबी गरेका छन्।

उनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले अमेरिकी उद्देश्य र स्वार्थमा असर पर्ने खालका कदम चाल्न सक्ने चेतावनी दिएका छन् ।

अर्कोतर्फ, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनलाई लिएर अमेरिकाको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।

चिनियाँ विदेशमन्त्रीले अमेरिकी नीतिका कारण द्वन्द्वको खतरा उत्पन्न भएको दाबी गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

अर्कोतर्फ सोमबार अमेरिकाले चीनलाई ‘दमन’ गरेको आरोप लगाउने चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनाको स्तरवृद्धिमा जोड दिएका छन् । सी चिनफिङले चिनियाँ सेनाले युद्ध जित्ने रणनीतिक क्षमतामा सुधार गर्दै ‘विश्वस्तरीय’ स्तर हासिल गर्नमा ध्यान दिनुपर्ने बताए।

सिनेट कमिटी अन इन्टेलिजेन्सका अध्यक्ष सिनेटर मार्क वार्नरले चीन अमेरिकाको विरुद्धमा खडा भएको बताएका छन् ।

“दुर्भाग्यवश, सी जिनपिङको नेतृत्वमा चीन आर्थिक, प्राविधिक र सैन्य क्षमताका हिसाबले हाम्रो देशको सबैभन्दा नजिकको प्रतिस्पर्धी हो,” वार्नरले भने

उनले भने, ‘दुई दशकसम्म अमेरिकाको ध्यान आतंकवादको उन्मूलनमा थियो, त्यसबेला चीनले उन्नत वायरलेस कम्युनिकेशन, सेमीकन्डक्टर, क्वान्टम सिन्थेटिक बायोलोजी र नेक्स्ट जेनरेशन इनर्जी जस्ता नयाँ प्रविधिमा अमेरिकालाई उछिनेको प्रयास गरिरहेको थियो ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा प्राविधिक मापदण्ड तय गर्ने संस्थाहरूमा चीन पनि महत्वपूर्ण बनेको बताए ।

“यी सबै कारणहरूका लागि, अमेरिकाले प्रविधिको अर्को पुस्ताको नेतृत्व गर्न प्रतिभा, उपकरण र अनुसन्धानमा ठूलो मात्रामा लगानी गर्नुपर्छ,” उनले भने।

सिनेटर मार्को रुबियोले भने कि यो स्पष्ट छ कि विश्वव्यापीकरणले चीनको उदयमा मद्दत गरेको छ। यससँगै उनले अमेरिकाबाट चिनियाँ उद्योग हटाउनु पर्नेमा जाेड दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.