एजेन्सी । माइक्रोनेसियाका निवर्तमान राष्ट्रपतिले चीनमाथि घुसखोरी, धम्की र हस्तक्षेप गरेको आरोप लगाएका छन् । माइक्रोनेसियाको संघीय राज्यका निवर्तमान राष्ट्रपति डेभिड पानुएलोले चीन प्रशान्त क्षेत्रमा ‘राजनीतिक युद्ध’ मा संलग्न भएको समेत दाबी गरेका छन् ।
उनेले एक विज्ञप्ति जारी गर्दै भने, ‘बेइजिङका अधिकारीहरूले माइक्रोनेसियामा निर्वाचित जनप्रतिनिधि तथा अधिकारीहरूलाई घूस दिइरहेका छन्, साथै मेराे मेरो व्यक्तिगत सुरक्षाविरुद्ध पनि षडयन्त्र भइरहेकाे छ।’
राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त हुनु दुई महिना अघि, डेभिड पानुएलोले विज्ञप्तिमा चीनले ताइवानको टापुमा द्वन्द्वको तयारी गरिरहेको आरोप लगाउनु भएकाे थियाे । संघीय राज्य माइक्रोनेसियालाई चिनियाँ हस्तक्षेपबाट राख्ने याेजना रहेकाे समेत उनले विज्ञप्तिमा उल्लेख गरेका थिए ।
बेइजिङले इन्डो-प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने प्रयासलाई उल्लेखनीय रूपमा अघि बढाउन खोज्दा अमेरिका र यसको सहयोगी अष्ट्रेलियासँग तीव्र गतिमा टग-अफ-वार लडाइँ सृजना गर्ने क्रममा खुलासाहरू भएका छन्।
गत वर्ष, बेइजिङले सोलोमन टापुहरूसँग एक विवादास्पद सुरक्षा सम्झौतामा हस्ताक्षर गर्यो, जसले किरिबाटीसँगै सन् २०१९ मा बेइजिङको पक्षमा ताइपेसँग सम्बन्ध तोड्ने निर्णय गरेको थियो।