काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई बधाई दिएका छन् ।
मंगलबार मन्त्री नियुक्त भएकी पौडेललाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् ।
जयशंकरले ट्वीटमा पौडेलसँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।
पौडेल आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएर पदभार ग्रहण गरेकी छन् ।
Congratulations Dr. Bimala Rai Paudyal on your appointment as the Foreign Minister of Nepal.
Look forward to working with you. @bimalarp
— Dr. S. Jaishankar (@DrSJaishankar) January 17, 2023