काठमाडाैं । पोखरामा भएको विमान दुर्घटनाप्रति भारतले दुःख व्यक्त गरेकाे छ ।
काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे हाे ।
उहाँले विमान दुर्घटनाप्रति दुःख व्यक्त ट्वीटरमा लेख्नु भएकाे छ,भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’
उहाँले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।
