चाडपर्वको सुरक्षामा ५३ हजार प्रहरी

काठमाडौं । बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाएको छ ।

प्रहरी प्रधान कार्यालयले चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, ठगी तथा लुटपाटलगायतका घटना बढ्न सक्ने आकलन गरी देशभरका प्रहरी एकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

साथै प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइलाई परिपत्र गरी चाडपर्व सुरक्षा योजना तयारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत परिपत्र गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व सुरक्षा योजनाअन्तर्गत सबल सुरक्षा व्यवस्थाका लागि देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूलाई सुरक्षा योजना तथा तयारीका लागि १९ बुँदे परिपत्र जारी गरिएको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्रमा चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, लुटपाट, चिट्ठा तथा उपहारको प्रलोभनमा हुनसक्ने ठगी नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

आर्थिक कारोबार हुने क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले जोखिम क्षेत्र पहिचान गरी सुरक्षाका लागि विशेष सतर्कता अपनाउन परिपत्रमा निर्देशन गरिएको छ।

आर्थिक कारोबार बढी हुने क्षेत्रहरू बैङ्क तथा बढी किनमेल हुने बजार क्षेत्र, व्यापारिक केन्द्रहरूमा विशेष सुरक्षा निगरानी बढाउन निर्देशन दिइएको छ। गोरखापत्र दैनिकबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.