भारतले मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं । भारतले सोमबार ७६‍औं स्वतन्त्रता दिवस मनाएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले सोमबार आजादीका अमृत महोत्सव’ को रुपमा स्वतन्त्रता दिवस मनाएको हो।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डा फहराइ स्वतन्त्रता दिवस उत्सवको शुभारम्भ गरे।

काउन्सिलर श्रीवास्तवले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा सम्बोधन पढेर सुनाएका थिए।

दूतावासका अनुसार भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र उनका नातेदारहरुलाई २ करोड ६५ लाख रुपैयाँसहित सम्मान गरेको थियो।

दूतावासले आजादीका अमृत महोत्सवको हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको थियो।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका हुन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.