बिहारको सीतामढीमा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा दुई चिनियाँ पक्राउ

एजेन्सी । भारतको बिहारको सीतामढी जिल्लामा अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको आरोपमा आइतबार दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको भारतीय सशस्त्र सीमा बलले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् ।

एसएसबीका जवानहरूले उनीहरूलाई स्तम्भ नम्बर ११/६ नजिकै भारतीय भूमिमा ३०० मिटर भित्र पक्राउ गरेका थिए। उनीहरुको साथबाट नेपाली राहदानी, ३ थान एटीएम कार्ड, चुरोट लगायतका सामान बरामद गरिएको छ ।

दुवैलाई सुरेन्द्र प्रहरीको जिम्मा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोटो सोधपुछका क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएका र काठमाडौंबाट दुईवटा साइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीलाई बताएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.