१० डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

काज सरुवा सूची अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

कार्यालयले आइतबार साँझ गरिएको काज सरुवा अनुसार दोलखामा गंगाप्रसाद पौडेल, रामेछापमा राजकुमार थिङ र रसुवामा कुलदिप चन्द जिल्ला प्रहरी प्रमुख बनेका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालयले चापागाउँ प्रहरी वृत्त प्रमुखमा द्धारिका घिमिरे र सातदोबाटो प्रहरी वृत्तमा मदन केसीलाई पठाएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.