एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको आग्रह, ओलीले भने : पहिला आफूले निर्णय गर्नूस्

काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्दै चाँडो पारित गर्न अमेरिकाले सत्ता गठबन्धलाई दबाब दिइरहेका बेला सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ खोजेका छन् ।

प्रचण्डले हिजो बिहीबार साँझ ओलीलाई फोन गरी एमसीसीबारे सहयोगको अपिल गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले ओली र प्रचण्डबीच यस विषयमा टेलिफोन सम्वाद भएको पुष्टि गरेका छन् ।

उनका अनुसार सम्वादका क्रममा प्रचण्डले एमसीसीमा ओलीकै निर्णय आवश्यक भएको भन्दै साथ दिन आग्रह गरेका छन् । ओलीले ‘पहिले आफूले निर्णय गर्नूस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ’ भन्ने जवाफमा फर्काएको नेता रिजालको भनाइ छ ।

नेता रिजालले सामाजिक संजालमा लेखेका छन्, ‘एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.