अस्ट्रिया : तिब्बतीहरूद्वारा बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न माग गर्दै र्‍याली

भियना । सेभ तिब्बत संगठनले मानवअधिकार उल्लंघनको आरोपमा सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक बहिष्कार गर्न अस्ट्रियामा र्‍याली निकालेको छ।

कार्यक्रमलाई अस्ट्रियाको तिब्बती समुदाय र अस्ट्रियाको उइगर संघले समर्थन गरेको थियो। विरोध र्‍यालीमा करिब ४० तिब्बती र उइगुरहरू समूहहरुको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड बोकेका थिए, जसमा तिब्बतमा संस्कृति नरसंहार रोक, तिब्बत तिब्बतीहरूको हो, बाइकट बेइजिङ २०२२ ओलम्पिक लेखिएको थियो।

वर्षौंदेखि चीनमा थुनामा रहेका तिब्बती फिल्म निर्माता धोन्डुप वाङ्चेनले र्‍यालीलाई सम्बोधन गर्दै बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कारमा नगरेको भन्दै भियनाको आलोचना गरे।

धोन्डुपले सन् २००८ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले अवैध रूपमा चीनलाई ओलम्पिक दिएको बताएका छन्। अमेरिका, क्यानडा, अस्ट्रलिया, बेलायतलगायतका विभिन्न मुलुकहरुले चीनमा हुने ओलम्पिकलाई कूटनीतिक बहिष्कार गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.