बारामा बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति आयोजित विवाह समारोहमा बेहुला चढ्न प्रयोग गरिएको रथले किचेर २ जनाको मृत्यु भएको छ भने १६ व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा सिम्रौनागढ नगरपालिका–७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलमकुमारी रामको मृत्यु भएको हो।

घाइतेहरूको अहिले कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आदर्शकोतवालका सियाराम महराको घरबाट निस्किन लागेको बेहुला बोक्ने रथ अनियन्त्रित हुँदा मानिसलाई किचेको हो। बेहुला चढ्नुअघि नै रथ दुर्घटना भएको स्थानीयले बताएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.