बिहीबारसम्मको मौसम : कतै हल्का वर्षा, कतै हिमपात

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि कम्तीमा ३ दिन अर्थात् बिहीबारसम्म देशका विभन्नि स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला देशभर मौसम आंशिकदेखि सामान्य बदली छ।

माघ ११ गते मंगलबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १२ गते बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १३ गते बिहीबार
दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.