जर्मनीको लेक्चर हलमा अन्धाधुन्ध गोली प्रहार, बन्दुकधारीको मृत्यु

बर्लिन । जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ ।

प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ।

जर्मनीको म्यानहेम प्रहरीले एउटा लेक्चर हलमा बन्दुक बोकेका एक एक्लो आक्रमणकारीले धेरैलाई घाइते बनाएको बताएको छ।

प्रहरीले बन्दुकधारी हमलाको क्रममा हाइडेलबर्गमा अपरेसन गरेको जानकारी दिएको र घटनामा धेरै व्यक्ति घाइते भएको स्पुतनिकले जनाएको छ।

`एक आक्रमणकारीले एक व्याख्यान हलमा बन्दुक प्रयोग गरेर धेरै मानिसहरूलाई घाइते बनाएको छ। ऊ मारिएको छ,` प्रहरीले ट्वीट गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.