उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक समृद्ध हुँदैन : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपेक्षित समुदायले अधिकारको अनुभूति नगरेसम्म मुलुक सम्मृद्ध हुन नसक्ने बताएका छन् । जनता समाजवादी पार्टी धनुषाले मुखियापट्टीस्थित बैरिया बजारमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकलाई सुन्दर र सम्मृद्ध बनाउन सबै वर्ग र समुदायको राज्यमा अपनत्वको भावना जागृत हुनुपर्ने बताए ।

मुलुकमा शोषित, उपेक्षित मधेशी, जनजाति, मुस्लिम महिलालाई हकअधिकार दिलाउन अझै सङ्घर्ष जारी राखेको उल्लेख गर्दै अध्यक्ष यादवले ती समुदायलाई अधिकार दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरे। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वषौँदेखि विभेदमा रहेको मधेसीहरू मधेश आन्दोलनकै कारण सम्मान पूर्वक जीवनयापन गर्न थालेको बताइन् ।

मधेश आन्दोलनकै कारण शोषित वर्ग राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्दै जसपाका नेतृसमेत रहेकी मन्त्री यादवले मधेशी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गरिन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.