विश्वविद्यालय र कलेज पनि माघ १५ सम्म बन्द

काठमाडौं : सरकारले विश्वविद्यालय र कलेज पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

नयाँ कोभिड आदेश जारी गर्दै सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ १५ गतेसम्म भौतिक रूपमा नगर्न भनेको हो।

विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ। धार्मिकस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.