सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, स्मार्ट लकडाउनको तयारी

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो।

यस्तै, आइतबार नै बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

बैठकले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेको छ। जसमा आइतबार मात्रै ११ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो।

यसैगरी, भोलि काठमाडौँ उपत्यकाका सीडीओहरुले बैठक बसेर स्मार्ट लकडाउनको तयारी गर्ने स्रोतको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.