एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कार्यप्रति आक्रोश व्यक्त गरेका हुन्।

एमालेले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ।

सोही प्रकरणलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमालेको चर्को आलोचना गरेका हुन । भट्टराईले पार्टी फुटेको रिस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्।

भट्टराईले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबजरु यसैलाई नजिर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ ? बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है ? ’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.