नेपाल प्रहरीका १३ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । त्यसपछि जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् ।

त्यसैगरी श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरतबहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) रहेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.