काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले अमेरिकी सहयाेग मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न नेपाललाई २५ दिनकाे अल्टिमेटम दिएका छन् ।
एससीसी सम्झौतामार्फत् आर्थिक सहयोग नेपालले लिने वा नलिने विषयमा मंसिर २८ गतेसम्म टुंगोमा पुग्न अमेरिकी सहायक विदेशमन्त्री लूले समयसीमा दिएका हुन्।
नेपाल भ्रमणमा रहेका लूले शुक्रबार सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यस्तो समयसीमा तोकेको स्वीकय सचिव रमेश मल्लले जानकारी दिए।
मल्लले दाहालसँगको भेटमा लूको भनाइ उद्धृत गर्दै भने,‘एमसीसी परियोजना बारे सम्झौता अघि बढाउने वा नबढाउने भन्ने विषयमा १४ डिसेम्बरभित्र निश्चित गर्नुपर्छ। नभए हामी फिर्ता लैजान सक्छौं।’
जवाफमा प्रचण्डले यसबारे सल्लाह गर्ने बताएका थिए। प्रचण्डको भनाइ थियो, ‘हामी राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, पत्रकारलगायतसँग परामर्श गरेर निष्कर्षमा पुग्छौं।’




Facebook Comments