प्रधानन्यायाधीश राणा किन एकाएक पुगे राष्ट्रपति कार्यालय ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलास नबसी राष्ट्रपति कार्यालय पुगेका छन्। आफ्नो एकल इजलास गठन गरेर ६ वटा मुद्दा पेसीमा चढाएका राणा इजलास नबसी शीतल निवास पुगेका हुन्।

उनी प्रदेश प्रमुखको सपथ समारोहका लागि राष्ट्रपति कार्यालय पुगेका हुन्। सर्वाेच्च अदालतमा आज तनावग्रस्त भएको थियो। नेपाल बार एसोसिएसनको विरधे सभामा प्रहरी हस्तक्षेप हुँदा झडपसमेत भएको हो।

प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै नारा लगाइएकाे थियाे– बिचौलियाको नाइके । उपस्थित कानुन व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनीमा दे ! त्यस्तै बारले अन्दाेलनकाे स्वरुप फेरेपछि सर्वाेच्चमा थप प्रहरी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.