धर्म संस्कृति जोड्न पशुपतिनाथदेखि काशीनाथसम्म‍ मोटरसाइकल र्‍याली

काठमाडौँ । पशुपतिनाथ मन्दिरदेखि भारतको काशीसम्म मोटरसाइकल र्‍याली सुरु भएको छ । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दूतावासले बिहीबार काशीसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।

काशीसम्मको र्‍यालीमा ५० वटा मोटरसाइकलमा तीन जना भारतीयसहित सबै नेपाली सहभागी छन् । पशुपतिदेखि काशीसम्मको एक हजार किमीको दूरी छ । छैठौ दिनमा मोटरसाइकल चालकहरू काठमाडौँ आउने छन् । भोलिसम्ममा काशी पुग्‍न सक्ने योजना रहेको र्‍यालीमा सहभागी मोटरसाइकल चालकले जानकारी दिएका छन् ।

र्‍यालीमा सहभागीलाई बिदाइ गर्न नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र नेपालका लागि भारतीय राजदूत विनय क्‍वात्राले एक साथ बिदाइ गरेका थिए ।

मोटरसाइकल र्‍यालीले दुवै देशको धार्मिक र सभ्यताको पहिचान हुने राजदूत क्‍वात्राले बताए । ‘एउटा पावन भूमिबाट अर्को पावन भूमिमा यात्रा हुनु भनेको दुवै भूमि पवित्र हुनु हो,’ उनले भने,’ धर्म र संस्कृतिले समाज र राष्‍ट्रलाई जोडने काम गर्छ । ‘ बाइक र्‍यालीमार्फत पावन भूमिलाई जोडने काम गर्छ भनेर कहिले पनि नसोचेको उनको भनाइ छ ।

नेपाल र भारतको धार्मिकस्थल खुला संग्रहालय रहेको मन्त्री आलेले बताए । ‘दुवै मुलुकलाई भाषा, साहित्य र संस्कृतिले जोडने काम गरेको छ,’ उनले भने । नेपाल र भारत जानका लागि पासपोर्ट र भिसा नचाहिने भएकाले छुट्टै सम्बन्ध रहेको उनले दाबी गरे । धर्मले मानिसमा सदभाव सिकाउने उनले धारणा राखे ।

५० वटा बाइकमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको राइडर ग्रुप काठमाडौं लिजेन्डसका रमेश अवालेले जानकारी दिए ।

यात्राका क्रममा र्‍याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस र्‍यालीको आयोजना गरेको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.