‘सूर्यवंशी’ सय करोड क्लबमा, अहिलेसम्म कति कमायो ?

एजेन्सी । बलिउड चलचित्र ‘सूर्यवंशी’ले कोरोना महामारीपछि दर्शकलाई हलसम्म फर्काएको छ। राम्रो प्रतिक्रिया पाइरहेको फिल्मले कमाई पनि राम्रै गरिरहेको छ।

अक्षयकुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ। मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो।

कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ। यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो। यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, सोमबार १४.५१ करोड कमाइ गरेको थियो भने मंगलबार ११.२२ करोडको व्यापार गरेको छ।

चलचित्रले हालसम्म भारतीय बक्स अफिसमा १०२.८१ करोडको कमाइ गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। चलचित्रले नेपाली बक्स अफिसमा पनि करिब ३ करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन्।

यस फिल्मका निर्देशक रोहित सेट्टी हुन्। चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण, रणवीर सिंहको मुख्य भूमिका रहेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.