कस्तो छ आजको मौसम ?

काठमाडौं : नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ ।

जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Facebook Comments