मुख्यमन्त्रीमा नियुक्त नहुँदै राईको बियर पार्टी (भिडियोसहित)

काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राजेन्द्र राईले पार्टी दिएका छन्।

नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै स्याम्पियन फोडेर खुसियाली मनाएका हुन्। इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रुपमा केक समेत काटेर खुसी साटेका हुन्।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ। तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ।

उक्त भिडियोमा मुख्य मन्त्री बन्न लागेका राईले नै ‘यो विषय सार्वजनिक नगर्नु’ समेत भन्न भ्याएका छन्। नेकपा एमाले विभाजित गरेर बनाइएको एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राई अबको केही दिनमै मुख्यमन्त्री हुनेछन्।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत जुटाउन नसकेपछि सोमबार राजीनामा दिएका थिए। उनी ६८ दिनसम्म सत्तामा रहे।

Facebook Comments