काठमाडौँ । चीनले नेपाली भूमिमा झन्डा गाडेको भिडियो सार्वजनिक भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामा नेपाली भूमिमा चीनले झन्डा गाडेको भिडियो सार्वजनिक भएको हो ।
हुम्लामा चीनले नेपाली भूमि मिचेको विषय गम्भीर मुद्दा बनिरहेका बेला स्वास्थ्य शिविरमा गएका एक चिकित्सकले उक्त भिडियो सार्वजनिक गरेका हुन् ।हुम्लामा स्वास्थ्य शिविर गएका डा. नितेश घिमिरेले नेपालीमा भूमिमा चिनियाँ झन्डा गाडिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
४९ सेकेन्ड लामो भिडियोमा उनले भनेका छन्, ‘हामी अहिले लिमी लाप्चाको बोर्डरमा छौँ, चाइनाले यसरी आफ्नो झन्डा चाहिँ नेपाली भूभागमा ल्याएर गाडेको रहेछ, यो देख्दा एकदम दुख लाग्छ ।’
विगतमा कैलाश मानराेवर क्षेत्र समेत नेपाली भुमिमै रहेकाे जनाउदै उनले अघि भनेका छन्, ‘हाम्रो पहिलाको कैलाश मानसरोवर ताल, कैलाश पर्वत सबै हाम्रै थियो, अहिले चाहिँ यसरी उनीहरूले अतिक्रमण गर्दा गर्दा त्यहाँसम्म (औँलाले चिनियाँ भवन देखाउँदै) क्याम्प बनाइसकेको छ । अहिले हुँदा हुँदा झन्डा पनि यहाँ गाडी सकेको रहेको छ ।’
सरकारले याे विषयमा कडा कदम नचालेकाेतर्फ दु:ख पाेख्दै उनले भनेका छन्, ‘अब सरकार बोल्दैन हामी केही गर्न सक्दैनौँ, यहाँसम्म आएर के भएको रहेछ हेर्न आइयो, स्वास्थ्य शिविर गर्न आउँदा खेरी, यो देख्दा खेरी यहीँ आएर चाहिँ फिल हुन्छ कति मन दुख्छ भनेर’, उनले अन्तमा भनेका छन्, ‘सरकार विहीन देश भनेको यस्तो रहेछ ।’
यो समाचार लेख्दासम्म सामाजिक सञ्जाल टिकटकमा डा. नितेशलाई १ लाख १४ हजारभन्दा बढीले फलो गरेका छन्, भने उनका सबै भिडियाले २१ लाख बढी लाइक पाएका छन् ।
गत वर्ष नै चीनले हुम्लामा नेपाली भूमि मिचेको विषय बाहिरिएपछि हुम्लाका स्थानीय जनप्रतिनिधि तथा काँग्रेस नेता जीवनबहादुर शाही टाेलीले स्थलगत अध्ययन गरी सरकारलाई कदम चाल्न आग्रह गरेको थियो ।
यद्यपि,तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सीमा क्षेत्रमा नगएरै ‘हचुवाकाे भर’मा नेपाली भूमि नमिचिएको स्पष्टिकरण दिएकाे थियाे । तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समेत नेपाली भूमि नमिचिएको धारणा राखेका थिए ।
तर, ओली नेतृत्वको सरकार विघटन भएपछि वर्तमान नेपाली का+ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । देउवा नेतृत्वको सरकारले सो क्षेत्रको अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
सो अध्ययन समितिले सीमामा समस्या रहेको ठहर गर्दै गृह मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । त्यसपछि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सीमा विवादको विषय अघि बढाउन पत्राचार गरेको थियो ।
@nepalesedoctor #nepalesedoctor #fypシ #नेपाल #limilapcha #chinaborder #ktm #pokhara #chitwan #doctornepal #nepaldoctor #nepal #helathcamp #jayanepal 🇳🇵🇳🇵




Facebook Comments