काठमाडौं : अवैध ढंगले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अध्यागमन विभागले अनुसन्धान सुरु गरेको छ ।
अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पक्राउ परेका अफगानीमाथि अध्यामगन ऐन/नियम अनुसार नै कारबाही हुने बताए ।
अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर नेपाल प्रवेश गरेका हुन् । पक्राउ परेका अफगानीमध्ये केही बालबालिका र महिला समेत छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक विस्थापित भएर अन्य मुलुक जाने क्रम बढेको छ ।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी पूरा गर्न नसक्दा भारतको बाटोहुँदै रोहिंज्या, अफगानीलगायत अन्य विदेशीहरु अवैध ढंगले नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरु कहिले नेपाल प्रवेश गरेका हुन् भन्ने विषय खुलेको भने छैन ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार सिनामंगलस्थित एक होटलबाट पक्राउ गरी उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो ।












Facebook Comments