काठमाडाैं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव परेको देखिएको छ। मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो।
सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यो आरोप अस्वीकार गरिसकेका छन्। अनि उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पदबाट राजीनामा पनि दिइसकेका छन्।
तर त्यो लगायतका विषय उठाउँदै नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले जबराको राजीनामाको अपेक्षा दर्शाएका छन्।
धेरैतिरबाट राजीनामाको माग भइरहेका बेला उनले कुराकानीका क्रममा त्यसो गर्न आफू तयार नरहेको अडान व्यक्त गरेका छन् । उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास अन्तर्वार्तामार्फत प्रकट गरे।
आफ्नो राजीनामा खोजिरहेका भनिएका सर्वोच्च अदालतकै न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीशको वक्तव्य, नेपाल बार एसाेसिएसनको माग, सत्ता साझेदार माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँगको भेट अनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट निवेदन लगायतका विषयमा कुराकानी गरेका छन्। प्रस्तुत छ उनीसँगकाे अन्तर्वार्ताकाे संक्षिप्त अंश:
तपाईंले साँच्चिकै राजनीतिक भागवण्डा खोज्नु भएको हो ?
यी सबै भ्रामक र झुठा हो। अहिले न्यायपालिकाले जुन किसिमको हाइट लिरहेको थियो। जुन किसिमको जनविश्वास आर्जन गरिरहेको थियो। त्यसलाई धारासाहि पार्ने उदेश्यले यो षड्यन्त्रपूर्वक सबै पत्रपत्रिकामा भ्रामक सामाचार छापेको कारण भएको हो । यो मेरो कारणले कदापी भएको छैन्।
तपाईंकै सहकर्मी न्यायधीशहरुले नै तपाईंको राजनीमाका निम्ति दबाब दिइरहेका छन्, इजलासमा बस्न अस्विकार गरिरहेका छन्, अब तपाईंले कसरी न्यायपालिका चलाउन मिल्छ ?
यो एकदमै गलत हो। उहाँहरु छलफल गरिराख्नु भएको छ। तर छलफलको मतलब उहाँहरुले मेरो राजीनामा माग्ने या मसँग उहाँहरुले निकास माग्ने भन्ने विषयवस्तु नै होइन्। हामी संविधानवादमा आधारित न्यायपालिका हो। संविधानमा प्रक्रिया छ प्रधानन्यायधीलाई न्यायाधीशको विषयमा । र न्यायाधीशको पनि आफ्नो दायीत्व र कर्तव्य छ। त्यसको बहिर्गमनको पनि संविधानमा व्यवस्था छ।
अब न्यायधीशहरुले, गैरसंघियताले संविधानभन्दा विपरितको आफ्नै नेतृत्वको राजीनामा माग्छन, निकास माग्छन भन्ने कुरा मलाई कदापी लाग्दैन। त्यो उहाँहरुको दायीत्व र कर्तव्य भित्र पनि पर्दैन। यस्तो गर्नु भयो भने यो आशाहीन क्रिया हो र यसलाई जनताले दण्डित गर्छ।
नेपाल बार एसोसियसन, पुर्व प्रधानन्यायाधीशहरु, तपाईंकै सहकर्मिहरु तपाईंको विरुद्धमा उभिएपछि तपाईंले न्यायपालिका कसरी हाक्नसक्नुहोला ? सक्छु जस्तो लाग्छ अझैपनि ?
मैले अगाडी पनि जवाफ दिए प्रधानन्यायधीशलाई हटाउनु, नियुक्त गर्नु प्रक्रिया भने संविधानीक प्रक्रिया हो। यो प्रक्रिया मा जाँदा मलाई कुनै पनि आपत्ति छैन्।
तर जुन किसिमले यो सडकबाट दबाब दिएर देशको एउटा महत्वपुर्ण अङ्गको नेतृत्वलाइ यसरी दबाब दिएर हटनुपर्छ, हटाउनुपर्छ भनेर जानु आफै गैसंविधानीक, गैरन्यायीक, गैरआचरणको कुरा हो। मलाई पटक्कै स्विकार्य छैन्।
तपाईं महाभियोग सामना गर्न तयार हुनुहुन्छ तर राजीनामा दिनुहुन्न ?
म विधि र प्रक्रियाबाट आएको हुँ, म विधि र प्रक्रियाबाट जान तयार छु तर कसैको दबाब, कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीसलाई हटाउने भन्या अराजकता हो, यो गैरजिम्मेवारी हो, गैरकानुनी हो र गैरसंविधानीक पनि ।
यस्तो क्रियामा म विश्वासै राख्दिन । यस्तो क्रियाबाट चैँ प्रधानन्यायधीशले निकास दिनुपर्छ, राजीनामा दिनुपर्छ भन्ने यो भ्रमपुर्ण चिजलाइ म कुनै पनि मानेमा म स्विकार गर्दिन।
प्रचण्डले अस्ती भ्रखर यो विवाद आइरहेको बेला तपाईंसँग भेट गरिरहेको कुरा नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले भन्नुभएछ, के विषयमा भेट गरेका प्रचण्डले ?
मलाई उहाँहरुले भन्नुभयो, म त्यस्तो उहाँहरुले भनेको बुझदिन। हाम्रो यो दशैँ तिहार भनेको हाम्रो सदभाव बढोस् , शुभकामना दिने चलन छ त्यहीँ अनुसार उहाँले मलाई शुभकामना दिनका लागि आउनु भएको हो।
यस्तो विवाद भइहरहेको बेलामा यत्रो पार्टीको नेतालाइ जसको विषयमा अदालतमा मुद्याहरु थिए, तपाईंले भ्रखर आदेश गर्नु भएको थियो त्यस्तो नेतासँग शुभकामना आदानप्रदान त्यसरी अब गोप्यरुपमा गर्नु त्यो जायज हुन्थ्यो र ?
होईन, यो मेरो प्रधानन्यायाधीसको निवास गोप्य कदापी होईन यो सार्वजनीक स्थल हो। त्यसमा तपाईंहरुले के सोचिदिनुपर्छ भने उहाँको कुनै किसिमको मुद्याममिला । रहेको जस्तो मलाई लागेन। मैले संसद पुनर्स्थापना कसैको पक्ष विपक्षमा गरेको होइन, यो मात्र संविधान अनुरुपको फैसला हो।
के तपाईंका बाँकि न्यायधीशहरु एकातिर इजलासमै नबस्ने तपाईं एक्लैले कसरी न्यायपालिका चलाउनुहुन्छ ?
यो भ्रम हो । मेरा न्यायधीशहरु कोही पनि बाहिर छैन्न। न्यायपालिकाभन्दा पनि बाहिर छैन्न। सर्वोच्च अदालत जस्तो ठुलो निकाय त आफ्नो संविधानीक दायीत्व बुझेका छन्। यी जतिपनि कुरा आएका छन् यी सबै भ्रम हुन। यसमा कुनै सत्यता छैन।
के तपाईंलाइ राजनीतिक नेताहरुले त्यस्तो कुनै आश्वस्त पारेका छन महाभियोग लगाउदिन भनेर ?
मैले यति कुरा भनिसक्दा पनि तपाईं आफै बुझुस न । उहाँहरुसबैलाइ विधि र प्रक्रिया अवलम्बन गर्ने हाम्रो त सार्वभौमसम्पन्न संसद छ त्यहीँबाट मैले निकास लिएर म प्रधानन्यायाधीस भएको हुँ त्यहीँबाट निकास लिएर मैले बिदाई लिनुपर्यो भने म बिदाई हुन तयार छु । साभार बीबीसी नेपालीबाट