क्वारेन्टाइनमा बसेका बालकको मुत्यु, कोरोना परीक्षण गर्ने तयारी

डडेल्धुरा । डडेल्धुरा क्वारेन्टाइनमा बसेका अन्दाजी ७ वर्षीय बालकको मृत्यु भएको छ। भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आमाबुबासँगै भारतको मुम्बईबाट शनिबार मात्र फर्किएर क्वारेन्टाईनमा बसेका बालकको मृत्यु भएको बताए।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बितिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिएपनि बाटोमै उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुगाउनु अघि नै मृत्यु भईसकेको जानकारी दिए। परिवारका अनुसार बालकलाई मलेरिया रोग लागेको थियो। अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको कोरोना परीक्षण गर्ने तयारी छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.